प्राप्त उपलव्धिहरु?
विगत नौ वर्ष देखि हामीहरुले संचालन गरेका शान्तीपूर्ण आन्दोलनहरुलाई सरकारले पूर्ण रुपमा वेवास्ता गरी सकेपछि हामीले पछिल्लो समयमा वन्द हड्ताल, हुदै आमरण अनसन सम्मका कार्यक्रमहरुले तपसीलमा उल्लेखित उपलब्धीहरु प्राप्त भएको महसुस गरेका छौ । नेपाली हिन्दु राष्ट्र कायम नगरे हामी लाई राजनीतिमा पनी ठूलो असर पर्नेछ । भन्ने कुरामा राजनीतिक दल सजग गराईएको छ । हिन्दु समाजमा धर्म संरक्षण गर्ने पर्छ भन्ने कुराको व्यापक संचेतना प्रभाव भएको आजको दिनमा मजवुत संगठनका रुपमा उदाउनु पर्दछ भन्ने कुरामा स्वामीजीहरु लगाएत सम्पूर्ण हिन्दु समाज तयार भएका छन । जातीय विभेद तथा हामी विचमा भएका शास्त्र विपरीतका कुरीतीहरु हामी आफैँले अन्त्य गर्न पर्नेमा स्पष्ट भएका छन ।
पहिलो पटक नेपाल सरकारले हिन्दु समाजलाई औपचारिक रुपमा वार्तामा वोलाएको छ । हामीद्वारा प्रस्तुत ९ बुँदे मागहरुमा ७ बुँदामा सरकार सहमतीमा पुगेकोमा त्यसलाई कार्यन्वयन गर्नै पर्ने छ भने बाँकी २ वटामा पनी वाता गर्ने वातावराण वनेको छ । जुन यस माथिका कुनै आन्दोलनले प्राप्त गर्न सकेको थिएन । गाईलाई राष्ट्रिय जनावरका रुपमा राख्न सक्नु धारा ४ मा सनातन परम्परा देखि चलिआएको धर्म संस्कार संस्कृतिको संरक्षण गर्ने भनी व्याख्या गर्नु । समग्रमा हाल सम्मका आन्दोलन तथा आमरण अनसनले प्राप्त केही उपलब्धिहरुलाई संस्थागत अथवा कार्यन्वयन गराउनु पर्ने संविधानमा नै सनातन हिन्दुराष्ट्र लेखाउन अरु शसक्त रुपमा संगठन विस्तार गर्दै लैजान श्रृजना भएको सकारात्मक वातावरण लाई भरपुर प्रयोग सदुपयोग गर्नु पर्ने वेला आएको छ साथै भविष्यमा गर्नपर्ने आम विद्रोहको तैयारी गर्न पर्ने भएको छ।

