हिन्दुराष्ट्र नेपाल देशकाे पहिचान

इतिहास

 

विगत २०६३ जेष्ठ ४ गते नेपाललाई अन्तरीम संविधान मार्फत धर्म निरपेक्ष राष्ट्र घोषणा गरेपछी नेपालमा घेरै संघ संघठनले नेपाललाई हिन्दुराष्ट्र कायम गराउनका लागि परेका छन यसमा कतिपय संगठनले हिंसात्मक गतिविधि समेत गरेकै हुनु तर उनीहरु असफल नै भईसके त्यस्तै नेपालमा धेरै वर्ष देखि हिन्दुत्वको मुद्धामा कार्य गर्ने भनी संचालित संघ संस्थाहरुले समेत यस उद्देश्यका लागि ठोस कदम चाल्न नसके पछी र तिनै संस्थाहरुको व्यानरवाटै सकृय हुने काशीस पनि सफल हुन नसके पछि हामीले यस क्षेत्रमा सक्‌य हुने निर्णय गरी २०६५ साल देखि आफूनै नेतृत्व तथा नेपालका प्रमुख धर्म गुरुहरुका नेतृत्व तथा संरक्षणमा राष्ट्रिय स्तरका कार्यक्रमहरु सफलता पुर्वक संचालन गर्दै आएका छौं । यस विचमा नेपालमा सयौ सम्मेलन त्यतिकै संस्थामा मोटर साईकल थाली एकोहोरो संखघोस, प्रभातफेरी विभिन्न जिल्लहरु बन्द हरक वर्ष जेष्ठ ४ गतेलाई कालो दिवसको रुपमा मनाउने संविधान सभा अगाडी नै संविधान च्यात्ने वारम्बार रिले अनसन हुदै १७ औं दिन सम्म नेपालको राजधानीको एकमात्र राजनैतिक मञ्च खुल्ला मञ्चमा आमरण अनसन समेत सफलता पुर्वक सम्पन्न गयौं, नेपालमा गौं हत्या, पुजारी हत्या लगाएका घटनामा वारम्बार विभिन्न जिल्ला वन्दको आह्वान विरोध, गिरफतारी, प्रहरीको दमन समेत व्याहोन्यौं र हिन्दुत्वको संरक्षणमा युवाको सक्‌य भूमिकाको आवश्यकता महसुस गरी हिन्दु युवा संयोजन गर्न हिन्दु युवा संयोजन अभियान संचालन गर्दै नेपालको ईतिहास मै पहिलो पटक हिन्दु युवा संम्मेलन ग्यौं । यस क्रममा कँयौ युवा साथीहरु प्रहरीको दमनमा घाईति तथा गिरफतारी समेत परेको सबैमा सर्व विधितै छ ।

त्यस्तै २०७२ असोज ३ गते नेपालको संविधानमा पुन धर्म निरपेक्षता कायम हुने भएपछि अनसन वाट उठेको चौथो दिनमै प्रहरी द्वारा १९ जना गिरफ्तार मा पच्यौं हामी जेलमै भएको वेलामा पुन : नेपाल धर्म निरपेक्ष नै रहने घोषणा भयो । त्यसको भोली पल्टै हामीहरुद्धारा नेपाल कै चर्चित मिडिया क्लव (रिपोर्टस्‌ क्लवमा पत्रकार सम्मेलन गरी निरपेक्ष संविधानमा सहमत गर्ने सम्पुर्ण नेताहरुलाई राष्ट्रका गद्धार घोषीत गर्दै तथा दिर्घकालिन धार्मिक संघर्षको घोषणा गर्यौं । साथै त्यसै पत्रकार सम्मेलनमा नेपालको धर्म निरपेक्ष लेखिएको संविधान च्यात्ने कार्य सम्पन्न गप्यौं नेपालको संक्रमणकाल तथा राष्ट्र धर्म प्रति गद्दार राज नेताहरुका कारण नेपालमा धर्म परिवर्तनको आधिवेरी नै चलेको अवस्थामा हाम्रो समेत संलग्नतामा जोरपाटी काठमाण्डौ स्थित क्रिस्वीयनहरुको एउटा करौडौ रुपैया मुख्यालयको भौतिक संर चनालाई वन्द गराउदा निकै ठुलो धम्की तथा ज्यानको जोखिम समेत मोल्नु परेको थियो तर हामीहरु निरन्तर धर्म परीवर्तनका विरुद्ध संघर्ष गरी रहेका छौ । नेपालको धर्म परिवर्तनको मुख्यकारणह मध्ये एक भनीने जातीय विभेदका विरुद्ध गोत्रिय जागरण आन्दोलन संचालन गर्ने निर्णय गरी यस आन्दोलनको हरेक सदस्यले आफनो गोत्रलाई प्रचलनमा ल्याउने दलित वर्ग भनि घोषित गरीएका सम्पुर्ण क्राषका सन्तानलाई वरावरीकोा अनुभुती गराउन सुरु गच्यौं ।

माथि उल्लेखित यतीका कार्यक्रमहरु संचालन गर्दा समेत युरोपीयन युनीयन तथा पश्चिमा राष्ट्रबाट आएको ठुलो मात्राको घन रासीका कारण हाम्रा मागका वारेमा सम्बोधन गरेनन त्यसैले जव हामी आमरण अनसन वस्यौ त्यसैले १३ औ दिनमा पहिला पटक नेपाल सरकारका तर्फवाट हाम्रो नेतृत्वको संघठनलाई औपचारीक पत्र पठाउने कार्य भयो भने १७ औं दिनमा नेपाल सरकारका तर्फवाट हाम्रा सात वटा मागमा सकारात्मक भै कार्यन्वयन गर्ने तथा सोही २ वटा मागमा समेत वार्ताको माध्यमबाट समाधान गर्ने लिखित पत्र प्राप्त भयो । नेपालका सम्पुर्ण धर्मगुरुहरुले तिव्र आग्रह पछि नचाहदा चाहदै हामीले सुरु गरेको आमरण अनसन तोड्ने कार्य गर्न वाध्य भयौं तर यि घटना परीघटनाले हिन्दु समाजलाई नै तरंगीत र संचेत गराएको थियो । त्यस्तै युवाहरुलाई समेत धर्म संरक्षणमा लाग्न ठुलो संचेतना फैलाउन सफल भएका थियौ ।