हिन्दुराष्ट्र नेपाल देशकाे पहिचान

परिचय ॥।

पशुपति नाथ, मूक्तिनाथ, कालीगण्डकी गौतमबुद्ध जन्मेको देश राजा जनक, सितामाताको जन्म थलो, वेदलाई पहिलो पटक लिपीवद्ध गरेको व्यासको कर्मस्थल पाणीनी, गायत्रीको उद्दगम कौशीकी क्रषि, परासर क्रषि, सगरमाथा, विर गोरखालीहरुले कहिल्यै कसैको दास नवनाई वचाई राखेको देवभुमी नेपालको पौराशक विरासतलाई वचाई राख्न नेपाललाई संविधान मै हिन्दुराष्ट्र कायम गराउन समाजमा देखीएका विकृति, विसंगती, विभेदलाई अन्त्य गर्दै, सास्त्रीय विधि विद्धानमा रहि मानवलाई माहा मानव वनाउने, धर्म परिवर्तन नै राष्ट्र परिवर्तन मानी धर्म परिवर्तन विरुद्ध सक्रिय हुने तथा ३ कार परिवारका आस्थाका केन्द्रहरु, रितीरिवाज, संस्कार संस्कृतिको रक्षा गर्ने लगाएतका लक्ष्य प्राप्तीका लागि स्थापना भएको यस संस्थाको नाम नै हिन्दु परिषद नेपाल हो ।